काठमाडौं । नेपालका लागि आईकार गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा.लि. बहुप्रतिक्षित आईकार भी२३ लाइफस्टाइल इलेक्ट्रिक एसयुभी आधिकारिक रूपमा भन्सार प्रक्रिया पूरा गरी देशव्यापी डेलिभरीका लागि तयार गरिएको छ ।
आकर्षक रेट्रो-लुक्स र अत्याधुनिक साइबर-टेक इन्जिनियरिङको समिश्रण रहेको यो भी२३ ले नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयुभी क्षेत्रलाई नयाँ परिभाषा दिने विश्वास गरिएको छ ।
यसमा जडान गरिएको सिंगल इलेक्ट्रिक मोटरले १०० किलोवाटको शक्ति र १८० एनएम टर्क उत्पादन गर्छ।
भी२३ मा सीएटीएलको ५९.९३ किलोवाट आवर लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्छ। साथै, यो एसयूभीले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले लामो यात्राका क्रममा चार्जिङ समय पनि कम हुने जनाइएको छ। यसले ३६ मिनेटमै २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यो सहरी यात्रा र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ ।
आईकार भी२३ को इन्टेरियरमा २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, १५.४ इन्चको ठूलो सेन्ट्रल टचस्क्रिन दिइएको छ, जुन क्वालकम स्न्यापड्रागन ८१५५ प्रोसेसरबाट सञ्चालन हुन्छ । क्याबिनमा दुई पंक्तिय २+२ सिटिङ लेआउटमा डिजाइन गरिएको छ। दोस्रो पंक्तिका सिट फोल्ड गर्दा ७४४ लिटरको लगेज स्पेस उपलब्ध हुने भएकाले यात्रु तथा सामान बोक्ने दुवै प्रयोजनमा यो एसयूभी उपयुक्त देखिन्छ।
प्रिमियम लाइफस्टाइल सेगमेन्टमा यो गाडीलाई प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराइएको छ । पूर्व-बुकिङ गरेका ग्राहकहरूका लागि एसपीजी अटोमोबाइल्सको देशभर रहेका शोरुम र आधिकारिक डिलरहरूको नेटवर्कमार्फत तत्कालै डेलिभरी सुरु गरिनेछ ।































प्रतिक्रिया