काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट लिमिटेडले नेपाली अटो बजारलाई उच्च प्राथमिकतामा राख्दै वरिष्ठ नेतृत्वसहितको प्रतिनिधिमण्डल नेपाल पठाएको छ । कम्पनीका अध्यक्ष वाङ लङको नेतृत्वमा आएको टोलीले नेपाली बजारको अवस्था, ग्राहक प्रतिक्रिया र स्थानीय साझेदारसँगको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यका साथ भ्रमण गरेको हो।
प्रतिनिधिमण्डलमा स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजीए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान, र दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन पनि सहभागी थिए। टोलीले नेपालमा हाल भइरहेका बजार गतिविधि, पूर्वाधार अवस्था र आफ्टर–सेल्स सेवाको प्रत्यक्ष मूल्याङ्कन गरेको छ। साथै, ब्रान्ड उपस्थितिलाई अझ सशक्त बनाउने र ग्राहक अनुभव सुधार्ने उपायहरूबारे छलफल गरिएको छ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डलले ग्राहकहरूलाई ‘नामी’ ब्रान्डका सवारी साधनहरू हस्तान्तरण समेत गरेको छ। डोङफेङको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धिका अनुसार, यो कदम कम्पनीको नेपाली बजारप्रतिको भरोसा र प्रतिबद्धताको स्पष्ट संकेत हो।
डोङफेङले भ्रमणको समापनमा दीर्घकालीन प्रतिबद्धता दोहो¥याउँदै नेपालमा आफ्ना गतिविधि निरन्तर विस्तार गर्ने, स्थानीय साझेदारसँग नजिक रहेर काम गर्ने, पूर्वाधार सुदृढ गर्ने र सेवा गुणस्तर सुधार गर्ने योजना प्रस्तुत गरेको छ।
विशेष रूपमा, टोलीले नेपाली ईभी र अटो बजारमा भविष्यमा उत्पादन दायरा विस्तार, नयाँ मोडल विकास, र ग्राहक पहुँच बढाउने रणनीतिहरूको प्रारम्भिक समीक्षा पनि गरेको छ ।
यस भ्रमणले स्पष्ट पार्छ कि डोङफेङ नेपालमा केवल बिक्रीको लागि होइन, दीर्घकालीन लगानी र बजार विकासको दृष्टिकोणसहित उपस्थिति विस्तार गर्दैछ।































प्रतिक्रिया