इक्यानकाे आगामी अध्यक्षका लागि भट्टराईकाे पक्षमा उभिए वर्तमान अध्यक्ष पाण्डे

इक्यानकाे आगामी अध्यक्षका लागि भट्टराईकाे पक्षमा उभिए वर्तमान अध्यक्ष पाण्डे


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का वर्तमान अध्यक्ष प्रकाश पाण्डे शेषराज भट्टराई प्यानलको समर्थनमा खुलेका छन् ।  

इक्यान निर्वाचन २०८० मा अध्यक्ष पदका लागि भट्टराई समूहको प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले भने, ‘म हिजो बेलुकासम्म अनिणित थिएँ । एउटा समूहमा अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष जिताएका दाई उम्मेदवार हुनुहुन्छ, अर्को पट्टी मेरो विजनेश पार्टनर । कसलाई समर्थन गर्ने म निकै दोधारमा थिएँ । तर, यो इण्डस्ट्री बचाउनेहरुका पछि लाग्ने की पदमा पुग्नका लागि जुनसुकै सम्झौता गर्नेतिर लाग्ने । तपाईं हामी प्रति प्रतिप्रश्न छ । यो अर्थमा प्रकाश पाण्डे शेषराज भट्टराईलाई समर्थन गर्न बाध्य भयो ।’ 

वैदेशिक लगानीका प्रवर्धकलाई इक्यानमा स्थान दिएर इक्यानको इतिहास मेटाउन खोजेकाले आफू एउटा समूहमा खुलेको उनकाे भनाई थियाे । तर,अध्यक्ष पदका लागि समूहसहित उम्मेदवारी दिएका पूर्वअध्यक्ष विष्णुहरी पाण्डेलाई लक्षित गर्दै उनले इक्यानभित्र वैदेशिक लगानीलाई प्रवर्धन गर्न लेण्डुप दोर्जेहरुको जन्म भएको आरोप लगाएका छन् । 

Logo