समृद्ध इक्यान बनाउने अभियान कुनै विरोधीका कारण रोकिँदैनः विष्णुहरी पाण्डे

समृद्ध इक्यान बनाउने अभियान कुनै विरोधीका कारण रोकिँदैनः विष्णुहरी पाण्डे


नेपाल शैक्षिक परार्मश संघ (इक्यान)को अध्यक्षका प्रत्यासी विष्णुहरी पाण्डेले मजवुत र समृद्ध इक्यान बनाउने आफ्नो अभियान कुनै विरोधीका कारण नरोकिने बताएका छन् ।

यसअघि पाण्डेले २०७५/७६ मा इक्यानको अध्यक्ष पद सम्हालेका थिए । यसपटकको चुनावी एजेन्डामा नेपालको शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्य उनको छ । 

नेपाललाई ‘एजुकेसन हब’ को रुपमा समेत विस्तार गर्ने योजना बनाएका पाण्डे भन्छन्, ‘हामीलाई यो वा त्यो वाहाना देखाएर पन्छिने छुट छैन । योजना अनुसार कार्य गर्ने र त्यसको ६र६ महिनामा प्रतिवेदन सार्वजनिक गरिनेछ, हामी निर्वाचित भएपछि परिणाम आउने गरी काममा फोकस गर्नेछौँ ।’ 

साथै उनले विद्यार्थीले भोग्नुपरेको चर्को शुल्कदेखि हुण्डीको समस्यालाई पनि आफूले न्यूनिकरण गर्नेे दाबी गरेका छन् । शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन निषेध गर्ने विषय नै व्यवसायीहरुको एकमात्र व्यवसायिक सुरक्षा भएकाले यसका निम्ती सबैसँग हातेमालो गर्न तत्पर रहेको पाण्डेले बताए । 

‘इक्यानको अध्यक्ष हुँदा फ्रेन्चाइच तथा विदेशी लगानी भित्र्याउन दिनु हुँदैन भनेर निर्णय गर्ने व्यक्ति मै हुँ’  उनले भने, ‘धरौटीका विषयमा केही नबोल्ने यसका पक्षधरहरुलाई यो पनि जानकारी होस् कि व्यवसायीक सुरक्षामा आँच आउने कुनैपनि गतिविधि हाम्रो प्यानललाई स्वीकार्य छैन, यसको शसक्त प्रतिवाद गरिनेछ ।’

Logo