वरिष्ठ साहित्यकार जोशी ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित

वरिष्ठ साहित्यकार जोशी ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृत विद पद्मराज जोशी 'प्रभात' दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्।

लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट आज सम्मान गरिएको हो। कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोहबीच नगद, दोसल्ला र सम्मान पत्रद्वारा जोशीलाई सम्मान गरेका हुन्। 

प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Logo