झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंमै फर्काएर अवतरण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । हाल कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको बताइएको छ ।
अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।































प्रतिक्रिया