फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
6
Shares

ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन तथा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको पुल्चोकस्थित ताम्राकार समाज भवनमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो सत्रमा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिएको थियो। फोनिज उपत्यका समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले नेपालको बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय पहिचानलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए। उनले आदिवासी जनजातिका मौलिक संस्कृति, परम्परा, भाषा, कला र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक रहेको बताए।

Logo