आदिकवि भानुभक्तको जलेको घर देखेर सबैको मन रुन्छः सांसद पन्त

आदिकवि भानुभक्तको जलेको घर देखेर सबैको मन रुन्छः सांसद पन्त


नेकपा एमालेका सांसद रघुजी पन्तले आदि कवि भानुभक्तको तनहुँ चुँदीरम्घामा रहेको घर देख्दा हर कोही मन रुने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पन्तले आदिकविको जलको घर कसैले नबनाउने हो भन्दै संस्कृति मन्त्रीलाई चुनौती पनि दिए । 

उनले भने, ‘संस्कृति मन्त्रीलाई मेरो चुनौती छ २० वर्ष भयो तनहुँको चुँदीरम्घाको भानु नगरपालिकामा रहेको भानुभक्तको घर जलेको कसैले बनाउँदैन । त्यहाँ जाँदा प्रत्येक साहित्य प्रेमीको मन रुन्छ । लण्डनमा जानोस सेक्सपियरको घर देखाउन लैजान्छन् । र संसार भरका पर्यटकहरु त्यहाँ टिकट काटेर हेर्छन् । आज आदिकविको घर हेर्न जाँदा वैराग लागेर आउँछ । अनि हाम्रो संस्कृतिमन्त्रीको ध्यान प्रज्ञा प्रतिष्ठानको गठनप्रति नै छ जो मुद्धा परिरहेको छ । उहाँले प्रज्ञा प्रतिष्ठानको गठनपछि संगीतको नाटकको क्षेत्रमा काम गर्नुहोला भनेको त त्यो जग्गा लिजमा पो लगाउनु भो । मेरो माग छ यो लिजमा लगाउने काम तुरुन्त बन्द गरियोस् ।’

Logo