शनिबार एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

शनिबार एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । 

महासचिव शंकर पोखरेलको नेतृत्वमा आज केन्द्रीय कार्यालयमा बैठक बसेको हो । उक्त बैठकले भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ । यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्‍डाका रूपमा रहेका छन्।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

Skip This
Skip This
Logo