माओवादी केन्द्रीय समिति बैठक माघ २७ मा बस्ने, स्थायी समिति र पदाधिकारी टुंगाे लाग्ने

माओवादी केन्द्रीय समिति बैठक माघ २७ मा बस्ने, स्थायी समिति र पदाधिकारी टुंगाे लाग्ने

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक माघ २७ गते बस्ने भएको छ। 

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार कोभिड–१९ महामारीका कारण माघ ८ गते तय भएको बैठक सरेको हो। महामारी मत्थर भएपछि मात्र बैठक बस्ने गरि माघ २७ गतेका लागि बोलाइएको उनको भनाइ छ।

‘पार्टीको विधान अनुरुप केन्द्रीय समितिले स्थायी कमिटी, पदाधिकारी बनाउने हो। महाधिवेशन सकिए पनि पदाधिकारी टुंगिएको छैन’, ढकालले भने, ‘केन्द्रीय समितिले यो टुंग्याउँछ।’

माओवादी बैठकले सकेसम्म सहमति नभए निर्वाचनमार्फत पदाधिकारी टुंग्याइने उनको भनाइ छ।

Skip This
Skip This
Logo