दमौली। दुलेगौँडा–हर्कपुर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको प्रमुख चुनावी नारा बन्ने गरेको छ। स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्मका उम्मेदवारले सडक निर्माणको वाचा दोहोर्याए पनि वर्षौँ बित्दा सडकको अवस्था उस्तै छ। वर्षायाममा हिलोले गाडी फस्ने र हिउँदमा धुलोले सास फेर्नै गाह्रो हुने समस्या कायमै छ। शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतासँग प्रतिबद्धता जनाउने नेताहरूले जितेपछि…