काठमाडौँ। नेपाली कांग्रेसले नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ। पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। कांग्रेसले पर्यटनको योगदान कूल गार्हस्थ्य उत्पादनमा १५–२० प्रतिशत पु¥याउने उद्देश्यसहित विमानस्थललाई यात्रीमैत्री र सुविधायुक्त बनाउने प्रतिज्ञा गरेको छ। नेपाल वायुसेवा निगमलाई छ महिनाभित्र…