झापा। मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छन् । अन्य बाली हात्तीले नोक्सान गर्ने भएपछि विकल्पका रूपमा तोरीखेती रोजिएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अन्नभन्दा बढी तोरीखेती बढेको छ । भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर–१, २, ३ र ४ सम्म फैलिएको बाहुनडाँगीका स्थानीयको चार दशकदेखिको…