काठमाडौं। कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का नेकपा उम्मेदवार राजकाजी गुरुङले मादी गाउँपालिकाको विकासका लागि पर्यटन केन्द्रित योजना प्रस्तुत गरेका छन्। जनकल्याण तमु समाजको कार्यक्रममा उनले भने, “मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो र प्राकृतिक दृष्टिले सुन्दर छ। यसलाई पर्यटनसँग जोडेर पूर्वाधार निर्माण गरे समृद्धि ल्याउन सकिन्छ।” उनले स्थानियको आयआर्जन बढाउने र समृद्धि ल्याउने उद्देश्यका लागि…