सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार जिल्लाका चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ४६ हजार ४४१ मत प्राप्त गरेको छ ।…