काभ्रेपालाञ्चोक । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ६ राजनीतिक दलका १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। काभ्रे क्षेत्र नं. १ मा नेकपा एमालेबाट रोशी गाउँपालिकाका अमित लामा उम्मेदवार बनेका छन्। नेपाली काँग्रेसले सोही गाउँपालिकाका गुणराज मोक्तानलाई अघि सारेको छ । नेपाली कम्युनिस्ट पार्टीबाट चौरीदेउराली गाउँपालिकाका दिनानाथ गौतम उम्मेदवार छन्…