(तस्वीर :दिपक आचार्य (आकाश ) जलजला, पर्वत) काठमाडौं। अन्नपूर्ण क्षेत्रको प्रसिद्ध घोरेपानी–पुनहिल पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ । यहाँ ढकमक्क फूल्ने थरीथरीका गुराँसले पर्यटकहरु लोभिने गरेका छन् । समुद्री सतहबाट करिब ३,२१० मिटर उचाइमा रहेको पुनहिलबाट देखिने सूर्योदय र अन्नपूर्ण तथा धौलागिरि हिमश्रृंखलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने…