काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । यही कारण आज विहान कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा…