काठमाडौं । विश्वका मौसमविद्हरूको ध्यान भने प्रशान्त महासागरमा केन्द्रित छ । प्रक्षेपणअनुसार त्यहाँ एल निनो विकसित भए त्यो इतिहासकै बलियो एल निनोमध्ये एक हुन सक्ने उनीहरूले चेतावनी दिएका छन् । जसले दक्षिण एसियासहित नेपालमा कमजोर मनसुन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ । विश्व मौसम संगठन (डब्ल्यूएमओ) को दक्षिण एसियाली…