हस्तकलाको सामग्रीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले १९औं हस्तकला मेला आयोजना गरिएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको बौद्धस्थित होटल ह्यातमा १९औं हस्तकला मेला तथा १७ औं हस्तकला प्रतियोगिता आयोजना भएको हो । मंगलबारसम्म चल्ने मेलामा १ सय ५० वटा स्टल रहेका छन् । मेलामा करिब एक लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । हस्तकला प्रतियोगितामा…