सहजपुर-घरखेडा-निगाली सडक स्तरोन्नति सुरु

गोदावरी। कैलालीको चुरे गाउँपालिकामा पर्ने सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति काम सुरु भएको छ। १४.८३५ किलोमिटर लामो सडक धनगढी–दिपायल फास्ट ट्र्याकसँग जोडिनेछ। पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत काम भइरहेको हो। सडक स्तरोन्नतिका लागि रु ३६ करोड ३० लाख ९९ हजारमा ठेक्का सम्झौता गरिएको छ। गत वैशाख १ गते…

Logo