धनगढी। कैलालीको अत्तरिया क्षेत्रमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत वनदेवी सडकखण्डमा भएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा सुप प्र०१–०१०…