खोटाङ। दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको दिक्तेल–रेग्मीटार सडकखण्डअन्तर्गत घर्तीभिरको चट्टान फुटाउन सुरु गरिएको छ। कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरमा काम सुरु भएको हो। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷८३ मा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु दुई…