पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको छ । फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीच रहेको लमाएखोलामा निर्माण गरिएको पुल व्यवसायीको ढिलासुस्ती र डिजाइन परिवर्तनका कारण निर्धारित समयभन्दा ढिला सम्पन्न भएको हो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित विसं २०७४ असार २८…