काठमाडौं । नेपालमा विद्युतिय सवारीसाधन (ईभी) को माग तीव्र गतिमा बढिरहेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना श्रावणमै करिब ४१ करोड ८८ लाख ३९ हजार रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन्। यस अवधिमा सरकारले करिब २८ करोड २९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। एक महिनाको अवधिमै १६०…