काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरेका छन् । बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने भन्दै देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न आग्रह…