काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोइरहेको टिप्पणी गरेका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट अपमानपूर्वक हटाएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले गरेको अवरोधलाई लक्षित गर्दै उनको यो अभिव्यक्ति आएको हो । बुधबार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै…