काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको एक महिनापछि भूमिसम्बन्धि अध्यादेश बाहेक ५ वटा अध्यादेश संसदबाट बहुमतले स्वीकृत भएका छन् । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एक महिनासम्म सत्तारुढ दल कांग्रेस–एमालेले मनाए पनि नमानेपछि भूमिसम्बन्धि अध्यादेश होल्डमा रहेको हाे । अध्यादेश स्वीकृत गराउन सत्तारुढ दल नेपाली कांग्रेसले…