काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका इतर समूहका नेता डा. सुनिल शर्मा भोलि शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । शर्माका निजी सचिवालयका अनुसार उनले धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्। कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालासँगै उनी त्यसतर्फ जान लागेका हुन् । शुक्रबारका कार्यक्रमहरूमा…