काठमाडौँ । छठ पर्वका अवसरमा नदी किनारा तथा तालहरू श्रृंगार गर्ने काम सुरु भएको छ । काठमाडौँमा पनि छठको तयारी सुरु भएको छ । काठमाडौँको थापाथली र कमलपोखरीमा छठका लागि तयारी धुमधामका साथ भइरहेको छ । कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ…