काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन । सदस्यता त्याग्न सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको…