काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताएकी हुन् । उनले भनिन्, ‘उत्तरपुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको…