काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसअघि ‘नो नट एगेन’ अभियान चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले रास्वपाप्रति कटाक्ष गरेका हुन्। “हिजो चुनावमा नजाँदै नो नट एगेन, अब यी देखिएका बुढा अनुहारहरू प्रधानमन्त्री बन्नु हुँदैन! अहिले त खुमलटार, बालुवाटार बालकोट हुँदै एगेन एन्ड एगेन,” शर्माले भने, “सरकारमा फेरिफेरि गएपछि…