तेस्रोपटक सत्ता गठबन्धनको फेरबदल२०७९ को आम निर्वाचनपछि तेस्रोपटक सत्ता गठबन्धन फेरबदल भएको छ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६४ दिन मात्र उक्त गठबन्धनमा रहे । त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा फर्किएका उनी एक वर्ष बित्नासाथ फेरि एमालेतिर ढल्किएका छन् । योसँगै कांग्रेसका सभापति…