काठमाडौं । देशका शीर्ष तहका नेतामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको छ । प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसहित दुई पूर्वमन्त्री र उनीहरूको परिवारको सम्पत्ति तथा आम्दानीको स्रोतबारे छानबिन अघि बढाइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले चल–अचल सम्पत्ति, आयस्रोत र आर्थिक गतिविधिको विवरण संकलन गर्न थालेको…