दोधारा चाँदनी। मुलुकभर चुनावी रौनक छाइरहेको बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान देखिन्छ। निर्वाचन नजिकिँदै गर्दा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन्। तर गरिबी, अशिक्षा र बेरोजगारीले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा राज्य वा दलहरूको ध्यान पुगेको छैन। झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सयभन्दा बढी…