इटालीविरुद्ध नेपाललाई पहिलो झड्का, भुर्तेल ५ रनमै आउट

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनले १० बलमा ५ रन बनाएका थिए । उनलाई १.२ ओभरमा इटालीका हसनले क्याचआउट गराएका हुन् । अघिल्लो खेलमा भुर्तेलले इंग्ल्याण्डविरुद्ध १७ बलमै २९ रन बनाएका थिए ।

Logo