काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेखा शर्मा यसपटकको निर्वाचनमा नलड्ने भएकी छन्। २०७९ को संसदीय निर्वाचनमा दाङ २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी शर्माले यसपटक उम्मेदवारी नदिने भएकी हुन् । उनको नाम क्षेत्रले पनि सिफारिस गरेको थिएन। यसपटक माओवादीसहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीले निर्मल आचार्यलाई उठाउने तयारी गरेको छ…