काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघसँग सम्बन्धित ३१ निकायसहित कुल ६६ अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक रूपमा बाहिरिने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् । ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी राष्ट्रिय हित, सार्वभौमिकता र आर्थिक नीतिसँग असंगत रहेको ठहर गर्दै सदस्यता र आर्थिक सहयोग दुवै अन्त्य गर्ने निर्णय गरिएको हो…