काठमाडौं। नेपाली कांग्रेसमा नियमित महाधिवेशन असम्भव बनेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने निष्कर्षमा पुगेका छन्। विशेष महाधिवेशन पुस २७–२९ मा भृकुटीमण्डपमा आयोजना हुने तयारी भइरहेको छ। महामन्त्रीहरूले सभापति शेरबहादुर देउवालाई पत्र लेखेर आह्वान गर्न अनुरोध गर्नेछन्; सभापतिले नबोलाए काँग्रेसको विधान अनुसार महामन्त्रीहरूले आफैं बैठक बोलाउन सक्ने अधिकार रहेको छ । हालसम्म…