काठमाडौं। समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समय सकिँदासमेत नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो नामावली दर्ता गराउन सकेको छैन। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहानसम्म सूची नबुझाइएको तथ्य स्वीकार गरेका छन्। मंगलबार बिहान संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले पार्टीका तर्फबाट अझै आन्तरिक प्रक्रिया टुंगोमा नपुगेको संकेत गरे। “हामी अहिले आयोग बाहिर नै छौं, विषय मिलाउने काम…