काठमाडौं । नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अजमान मैदानमा आज भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सानदार जित दर्ता गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । मलेसियाले दिएको ५२ रनको…