काठमाडाैं । तिहार पर्व नजिकिएसँगै भक्तपुरको गुण्डुका किसानलाई मखमली र सयपत्री फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । फूलको व्यावसायिक खेती हुने यस क्षेत्रका बारी र खेतहरू यतिबेला ढकमक्क फुलेका मखमली फूलले राताम्मे बनेका छन् । तिहारमा भाइटीकाका लागि मखमली र सयपत्री मालाको ठूलो माग हुने भएकाले किसानहरू बिहानैदेखि फूल टिप्ने, माला उन्ने र…