काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् । शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए । ‘पाकिस्तान, बंगलादेश,…