काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागपञ्चमीको अवसरमा सुख, शान्ति र समृद्धिको कामनासहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नागपञ्चमीलाई पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा लिँदै यसले मानव र अन्य जीवहरूको सहअस्तित्वको महत्त्वलाई स्मरण गराउने बताएका छन्। प्रधानमन्त्री ओलीले प्रकृतिको संरक्षण गर्न नसक्दा आज विश्वले जलवायु परिवर्तनको असर भोग्नुपरेको यथार्थलाई पनि…