लिस्बन । इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ । वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको हो । सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५ औं वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको…