काठमाडौँ । अभिनेताद्वय विजय बराल र प्रकाश सपूत अभिनित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ । चलचित्रको निर्माण टिमले ‘मेरो बाको संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्त्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो । प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरूले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियो बनाएर पठाउनुपर्नेछ । साथै, भिडियाे सामाजिक सञ्जालमा पोस्ट गर्दा अनिवार्य…