कीर्तिपुर। बागमती नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ कटान बढाएपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन्। बागमती नदी टौदहको पूर्वतर्फ सतहभन्दा तलबाट बग्ने गर्छ। तर पछिल्लो दुई वर्षदेखि नदीले धार परिवर्तन गरी पश्चिमी किनार र टौदह मुनिको माटो कटान गर्न थालेको छ। कटान सुरु भएपछि टौदहमा रहेको पानी पूर्वतर्फको ओरालो भागमा…