काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नलाई आग्रह गरेका हुन् । उनले भने,‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रूपमा व्यवसायको…