काठमाडौं । वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तःशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्द्धनलगायत विषय समेटेर आर्थिक वर्ष २०८३/८४ को बजेट आएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा शुक्रबार प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्द्धन गर्ने–नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निर्क्योल…